पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना संक्रमण, १३५९ जना संक्रमणमुक्त


काठमाडौँ, २७ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार २४२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ९९जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३ ४  हजार २३१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *