काठमाडौँ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण


काठमाडौँ, २६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४०२ ललितपुरमा १०५ र भक्तपुरमा ३४जना गरी ५४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार २७१ जना डिस्चार्ज भएका छन्। थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३१० र भेन्टीलेटरमा ५० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *