पछिल्लो चौबिस घण्टामा देशभर थप १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणमुक्त

काठमाडौँ, २६ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार ४१४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *