काठमाडौँ उपत्यकामा ४०४ सहित देशभर थप १२१७ जनामा कोरोना संक्रमण

140
Shares


काठमाडौँ, २५ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ४०४ सहित देशभर थप १ हजार २१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३२८ जना, भक्तपुरमा २५ र ललितपुरमा ५१ गरी  थप ४०४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यही अवधीमा देशभरबाट थप १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार २३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २१७ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *