काठमाडौँमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न प्रयोगशालाकर्मीलाई तालिम

काठमाडौँ, २४ मंसिर । एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न काठमाडौँका प्रयोगशालाकर्मीहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त आयोजनामा जिल्लाका ११ पालिकाका २० जना भन्दा बढी प्रयोगशालाकर्मीलाई तालिम दिइएको हो ।

तालिममा कसरी स्वाव झिक्ने, भण्डारण गर्ने र संकलित स्वावलाई कसरी सुरक्षित ढंगले एक ठाँउबाट अर्को ठाँउमा पु¥याउने भन्ने विषयमा प्रशिक्षण गरिएको थियो ।


स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले निकट भविस्यमै काठमाडौँ उपत्यकामा थप एन्टीजेनमा आधारित विधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको अवस्थामा ल्याव असिस्टेन्ट र ल्याव टेक्निसियनलाई यो तालिम दिइएको बताए । १० वटा नगरपालिकाबाट १४ जना, महानगरपालिकाबाट २ जना, स्वास्थ्य कार्यालयबाट ४ जना गरी कुल २० जनालाई तालिम दिइएको बताए ।

तालिममा खड्कासंगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका डा अमृत पोखरेल, निर्देशक डा बासुदेव पाण्डे, विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।

एन्टीजेनमा आधारित परीक्षणमा पनि पीसीआर विधिबाट गरिने परीक्षणमा जस्तै स्वाव लिइने र किटमा हाल्ने र त्यसको नतिजा आधा घण्टामै आउने बताइएको छ । यो विधिका लागि कुनै प्रयोगशालाको आवश्यक हुँदेन् । उपत्यकामा अब कन्ट्याक्ट ट्रेसिङ गर्दा स्थानीय पालिकाहरुले एन्टीजेनविधिबाट परीक्षण गर्ने निर्णय गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *