काठमाडौँ उपत्यकामा ५०७ सहित देशभर थप १०५६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५०७ सहित देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३९  र ललितपुरमा ७५ गरी बुधबार थप ५०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यही अवधीमा देशभरबाट थप १ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार २८६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ५६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *