काठमाडौँ उपत्यकामा ५९४ सहित देशभर थप १३८२ जनामा कोरोना संक्रमण


काठमाडौँ, २३ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५९४ सहित देशभर थप १ हजार ३८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ९४७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३८२ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *