
काठमाडौँ, २२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ६२८ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी आइसीयू र भेन्टीलेटरमा ३८५ जना उपचाररत छन् ।