नेपालमा बहिरोपनाको अवस्था कस्तो छ ? सर्वेक्षण गर्दै सरकार

काठमाडौँ, २० मंसिर । सरकारले बहिरोपना (कान नसुन्ने)को कारण तथा अवस्थाको बारेमा खोजी  गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले यसको यसको खोजी गर्न लागेको हो ।

‘हामीले यसै आर्थिक बर्षमा बहिरोपनाको सर्वेक्षण गर्दैछौँ । त्यसका लागि तीन किसिमबाट तथ्यांक लिने र विश्लेषण गर्ने योजना बनेको छ,’ उपचारात्मक महाशाखा अन्तर्गत इएनटी शाखा प्रमुख डा प्रकाश बुढाथोकीले भने ।

उनका अनुसार सर्वेक्षणका लागि कानको उपचार दिइरहेका अस्पताल, प्रत्येक प्रदेशबाट एउटा जिल्ला अस्पताल र एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (ईएचएमआईएस)मा आएका तथ्यांकहरुको विश्लेषण गरिने उनले बताए । त्यसबाहेक प्रदेश प्रदेशमा कम्तिमा एउटा हेल्थक्याम्प गर्ने र त्यहाँ आउने विरामीमा कान सम्वन्धी समस्या के छ भनेर समेत ? अध्ययन गरिने उनले जानकारी दिए ।

यसअघि ९० को दशमा विश्व स्वास्थ्य संगठनले सुदूरपश्चिममा बहिरोपनाको सर्वेक्षण गरेको पाइन्छ । त्यस यता बृहत रुपमा सर्बेक्षण गरेको पाइएको छैन् । सर्भेक्षणले के कारणले बहिरोपना हुँदो रहेछ ? कस्तो खालको बहिरोपना रहेछ ? कति प्रतिशतमा बहिरोपना देखिदो रहेछ ?भन्नेबारेमा पनि जानकारी हुने डा बुढाथोकीले बताए ।

वहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ ।

विश्व स्वास्थ्य संघको २०१८ को तथ्याङ्कअनुसार विश्वमा ४६ करोड (६.१ प्रतिशत) मानिसहरुमा श्रवण अशक्तता छ भने ३४ करोड बालवालिकामा ।

नेपालमा ३० लाख मानिसमा श्रबणमा समस्या भएको अनुमान छ । हरेक दिन ४ देखी ६ जना बहिरोपनासहित नवजात जन्मिन्छन ।

विद्यालय उमेरका हरेक तीन मध्ये एक जना विद्यार्थीमा कान, नाक र घाँटीको समस्या रहेको बताइने गरेको छ । त्यसमा करीब एक तिहाईमा कानको समस्या रहेको बताइएको छ ।

कानको समस्या भएका बालवालिकामा एकतिहाईमा श्रबणको समस्या हुने विज्ञहरु बताउँछन् । यस्तै १ लाख ५० हजार बालवालिकामा कम सुनाई छ । जस्ले स्वास्थ्यका अतिरिक्त शिक्षामा समेत असर परेको छ ।

नेपालमा कानसम्बन्धी उपचार गर्ने जनशक्ति समेत अभाव छ । गत बर्षसम्म ईएनटी सर्जन १७१ जना र अडियोलोजिष्ट २५ जना छन ।
विश्व स्वास्थ्य संगठनले पहिलोपटक सन २०२० को मार्चमा वर्ल्ड हियरिङ रिर्पोट निकाल्ने भनेपनि कोरोना महामारीले एक बर्ष पछाडि धकेलिदिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *