स्वास्थ्य क्षेत्र विस्तार गर्न सरकार गम्भीर : स्वास्थ्य राज्यमन्त्री रावत

भजनी, १७ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् । कैलालीको टीकापुर अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री रावतले ग्रामीणस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नै देशभरी ३९६ अस्पताल निर्माणलाई सरकारले शुरु गरिसकेको बताए । उनले स्वास्थ्य क्षेत्रमा तिनै सरकारको आ–आफ्नो जिम्मेवारी रहेको बताउँदै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने जनाए ।

राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी दिँदै अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । टीकापुर अस्पतालको भौतिक संरचना निर्माण, दक्षजनशक्तिको व्यवस्थापन र चिकित्सकको आवास घरको निर्माणका लागि मन्त्रालयमा छलफल गरी बजेट विनियोजन गरिने आश्वासन पनि उनले दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *