हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

कालिकोट, १३ मंसिर ।  कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।

पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो ।

गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल सन्ज्यालले बताए ।

बमको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद न्यौपानेले बताए । “बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको छ”, उनले भने, “पाठेघरमा जटिल समस्या देखिएका कारणले उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *