हवाई यात्रुहरुको पीसीआर नतिजामा देखिएको ‘गडबडी’बारे जाँचबुझ गर्न समिति गठन

काठमाडौँ, ४ मंसिर ।  पर्यटन मन्त्रालयको अनुरोध पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको नतिजामा देखिएको गडबडी बारे जाँचबुझ गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा मुकुन्दा गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । सो समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रयोगशाला विज्ञ बलराम गौतम सदस्य तोकिएका छन् ।

छानवीन समितिलाई २४ घण्टा भित्र सत्यतथ्य सहितको प्रतिवेदन बुझाउन भनिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि युएई तथा हङकङ लगायतमा देशमा उडान भरेका नेपाल एयरलाइन्सलाई नक्कली रिपोर्ट बनाएका यात्रु बोकेको भन्दै ती देशमा उडान गर्न प्रतिवन्ध लगाएको थियो । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रतिवन्धमा पार्ने अवस्था नेपालका केही निजी प्रयोगशालाबाट आएका रिपोर्टको कारण हो भन्ने निस्कर्ष निकालेको थियो । त्यस लगत्तै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई छानवीन गरिदिन आग्रह गरेको हो ।

‘अहिले नै प्रयोगशालाले नक्कली रिपोर्ट दिए भन्न हतारो हुन्छ । तर यहाँबाट नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुहरुको युएई तथा हङकङमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ । त्यसैले खास समस्या कसरी भयो ? भन्ने निस्कर्ष निकाल्नका लागि हामीले समिति गठन गरेका हौँ । समितिले दिने रिपोर्टको आधारमा हामीले थप कदम चाल्नेछौँ,’ प्रवक्ता डा गौतमले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *