पछिल्लो २४ घण्टामा देशभर थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८ जना संक्रमणमुक्त


काठमाडौँ, ३ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४ सय ४२ सय २ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ७ सय ३१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४ सय ४२ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हाजर ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा ९ सय १० जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *