धौलागिरी अस्पतालमा शरीर जोडिएका शिशु जन्मिए

1.0k
Shares


बागलुङ ३ मंसिर । धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ बर्षीया अनिता विकले मंगलबार शरीर जोडिएको शिशु जन्माएकी हुन् । यद्धपी दुबै शिशु जम्मदै मृत अवस्थामा थिए ।

विकलाई पर्वत अस्पतालले मंगलबार बाट बिहान ४ बजे रिफर उनीहरु धौलागिरी अस्पताल आएका थिए । विहान ६ बजेर १० मिनेटमा उनले शिशु जम्माएको देवी भट्टराईले जानकारी दिइन । शिशुहरू जन्मदै मृत्त भएपनि आमाको अवस्था सामान्य रहेको उनले जानकारी दिइन ।

गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पुर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाई छ ।

‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भनिन् ‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उनी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनु भएको छ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *