पछिल्लो चौविस घण्टामा देशभर थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना निको भए

132
Shares

काठमाडौँ, २८ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ । चौविस घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १११ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो । आजको संक्रमित संख्या कुल परीक्षण संख्याको २२ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलव्ध गराएको पछिल्लो विवरण अनुसार पछिल्लो चौविस घण्टामा ३ हजार ५३७ जना कोरोना संक्रमणबाट निको भएका छन् । यहि अवधीमा १३ जनाको भने कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

मन्त्रालयले शुक्रबारसम्म देशभर ३७ हजार २२ जना कोरोनाको सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म देशभर २ लाख ६ हजार ३५२ जनामा कोरोना संक्रमण देखिएको छ । १ लाख ६८ हजार १२९ जना निको भएका छन् । यस्तै कोरोनाबाट १ हजार २०२ जनाको ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *