पछिल्लो चौबिस घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप १ हजार ६ सय ६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ ।
आइसीयूमा २ सय ८२ जना र भेन्टीलेटरमा ९५ जना संक्रमित उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



