काठमाडौँ उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण

92
Shares

काठमाडौँ, २५ कात्तिक । मंगलबार काठमाडौँ उपत्यकामा थप १ हजा ४२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकाका देखिएको संक्रमित संख्या देशभर आज देखिएको कुल सख्याको ५२ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ९६० जनाको पीसीआर गर्दा २ हजार ७ सय ३६ जनामा पोजेटिभ नतिजा देखिएको थियो ।

उपत्यकामा आज थपिएको सहित संक्रीय संक्रमितको संख्या २० हजार २६० रहेको छ । त्यसमा काठमाडौँमा १६ हजार ६८६ जना, भक्तपुरमा १ हजार २२४ जना र ललितपुरमा २ हजार ३५० जना रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *