काठमाडौँ उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ कात्तिक । मंगलबार काठमाडौँ उपत्यकामा थप १ हजा ४२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १ हजार १४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकाका देखिएको संक्रमित संख्या देशभर आज देखिएको कुल सख्याको ५२ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ९६० जनाको पीसीआर गर्दा २ हजार ७ सय ३६ जनामा पोजेटिभ नतिजा देखिएको थियो ।

उपत्यकामा आज थपिएको सहित संक्रीय संक्रमितको संख्या २० हजार २६० रहेको छ । त्यसमा काठमाडौँमा १६ हजार ६८६ जना, भक्तपुरमा १ हजार २२४ जना र ललितपुरमा २ हजार ३५० जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *