काठमाडौँ उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण
काठमाडौँ, २४ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि सार्वजनिक गरेको अपडेटमा काठमाडौँमा १ हजार १३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २०१ जना गरी कुल १ हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।
आज काठमाडौँमा देखिएको यो संक्रमण संख्या देशभर देखिएको कुल संक्रमित संख्याको ५६ प्रतिशत हो । आज देशभर थप २ हजार ५७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
कुल ११ हजार १७७ जनाको पीसीआर जाँच गर्दा यो परिमाणमा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
आज थप १ हजार ७९८ जना निको भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



