काठमाडौँ उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि सार्वजनिक गरेको अपडेटमा काठमाडौँमा १ हजार १३६ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा २०१ जना गरी कुल १ हजार ४२८ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

आज काठमाडौँमा देखिएको यो संक्रमण संख्या देशभर देखिएको कुल संक्रमित संख्याको ५६ प्रतिशत हो । आज देशभर थप २ हजार ५७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुल ११ हजार १७७ जनाको पीसीआर जाँच गर्दा यो परिमाणमा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

आज थप १ हजार ७९८ जना निको भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *