
काठमाडौँ, २४ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप १ हजार ७ सय ९८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४रहेको छ । त्यसैगरी आइसीयूमा ४११ र ८३ जना भेन्टीलेटरमा उपचाररत छन् ।