कोरोनाविरुद्ध जुध्न भन्दै भारत सरकारद्धारा २८ वटा भेन्टिलेटर सहयोग


काठमाडौँ, २४ कात्तिक । कोरोनाविरुद्ध जुध्न सहयोग होस भन्दै भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर मेसिन सहयोग गरेको छ । आइतबार नेपालस्थित भारतीय राजदुत विनय मोहन क्वात्रा स्वास्थ्य मन्त्रालयमा पुगी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ती मेसिन हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै मन्त्री ढकालले आफैँ पनि कोरोनासँग जुधिरहेको भारतले दिएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, ‘आफैँ पनि कोरोना महामारीसँग जुधिरहेको भारतले नेपालको दुखमा हामी साथ छौँ भनेर गरेको सहयोग प्रति धन्यवाद दिन चाहन्छु । यस्ता सहयोगले नेपाल भारत सम्बन्ध अझै मजबुद बनाउन सघाउ पुग्ने निश्चित छ ।’

सो अवसरमा भारतीय राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको बताए । उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

भारतले यसअघि १० बैशाखमा प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराएको थियो । ४ जेठमा कोभिड–१९ परीक्षणका लागि आरटी–पिसिआर किट, २५ साउनमा भेन्टिलेटर मेसिन र ३० भदौमा रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *