सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द
अर्घाखाँची, २३ कात्तिक । सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।
अस्पतालका प्रमुख चिकित्सक डा कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो ।
उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा गौतमले बताए । उनले अस्पतालको आकस्मिक तथा प्रसूति सेवा भने जारी रहेको जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



