सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

अर्घाखाँची, २३ कात्तिक । सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।

अस्पतालका प्रमुख चिकित्सक डा कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो ।

उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा गौतमले बताए । उनले अस्पतालको आकस्मिक तथा प्रसूति सेवा भने जारी रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *