कोरोना संक्रमणबाट धरानमा १४ बर्षीय बालक सहित दुई जनाको मृत्यु

364
Shares

धरान, २१ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालमा १४ बर्षीय बालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर कटारीका एक जना १४ बर्षीय बालक र धरान १२ सुनसरीकी ७८ बर्षीया महिला छन् ।

उनीहरुको क्रमश शुक्रबार विहान ९ ५० बजे र विहीबार राती ११ बजे मृत्यु भएको हो ।

मृत्यु हुने बालकमा पहिले देखि क्षयरोगको समस्या थियो । महिलामा भने मानसिक स्वास्थ्य समस्या रहेको बताइएको छ । बालकको गत १२ कात्तिकमा कोभिड १९ पोजेटिभ भएको पत्ता लागेको थियो । उनलाई नोवेल अस्पतालले १६ कात्तिकमा धरान पठाएको थियो ।

यस्तै महिलाको भने २० कात्तिकमै कोभिड १९ पोजेटिभ भएको रिपोर्ट आएको, सोही दिन अस्पताल भर्ना भएको र सोही दिन नै ज्यान गएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *