यतिकेमले ल्यायो ८ हजार भाइल रेम्डेसिभिर, मूल्य सबैभन्दा सस्तो

काठमाडोँ, २० कात्तिक । कोरोना भाइरसका बिरामीमा प्रयोग हुने औषधि रेम्डेसिभिर थप ८ हजार भाइल भित्रिएको छ । यतिकेम डिस्ट्रीव्युटर्स प्रालिले हवाई र स्थालमार्गबाट आज सो परिमाणको औषधि भित्र्याएको हो ।

औषधि व्यवस्था विभागबाट गत १३ कात्तिकमा भारतीय कम्पनी सिप्लाबाट उत्पादित २० हजार भाइल औषधि आयत गर्ने अनुमति पाएको यतिकेमले पहिलो र दोस्रो चरणको औषधि एकेपटक आज भित्र्याएकोह हो ।

यतिकेमले अहिले आएको रेम्डेसिभिर औषधिको मूल्य अघिल्ला पटक आएको भन्दा एक हजार ४० रुपैयाँ सस्तो भएको बताएको छ । पहिले ६ हजार ४ सय रुपैयाँ थियो ।

यसपटक सेवाग्राहीले ५ हजार ३६० रुपैयाँमा पाउनुहुनेछ । यतिकेमका प्रमुख प्रभुराज बैद्यले बताए । उनले ३ हजार भाइल औषधि केही दिन अघि नै ल्याउने योजना भएपनि भारतको विहार राज्यमा भएको निर्वाचर र भन्सारमा भएको ढिलाईका कारण ढिलाई हुन पुगेको बताए ।

‘चार पाँच दिन अघि नै आउनुपर्ने ३ हजार भाइल औषधि भन्सारमा आएर रोकियो र आज दोस्रो लटको ५ हजार भाइलसंगै नेपाल भित्रियो,’ उनले भने ।  उनले उपत्यकाका केही अस्पतालमा औषधि अभाव भएको जानकारी आएपछि २४० भाइल औषधि आजै हवाई मार्गबाट ल्याएर वितरण गरिएको समेत जानकारी दिए । बाँकी औषधि भोलि विहानसम्म काठमाडाँै आईपुग्ने उनले जानकारी दिए ।

ट्रायलमै भएको यो औषधि कोरोनाका गम्भीर विरामीका लागि प्रभावकारी मानिएको छ । नेपालमा संक्रमण बढेसंगै यो औषधिको माग अत्यधिक छ । बजारमा औषधि अभाव हुँदा कतिपयले महंगो मूल्य तिरेर (व्ल्याकमा) खरीद गर्नुपरेको समेत बताउने गरेका छन् ।

बजारमा रेम्डेसिभिर अभाव हुन नदिन र सर्वसुलभ रुपमा उपलव्ध गराउन औषधि व्यवस्था विभागले पछिल्लो समय विभिन्न कम्पनीलाई गुणस्तरीय औषधि मूल्यमा प्रतिस्पर्धा गराई आयातका लागि अनुमति दिएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले जनतालाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय औषधि उपलव्ध गराउनका लागि आवश्यक कदम चालेको र सोही अनुसार अहिले प्रतिस्पर्धाबाट गुणस्तरीय औषधिहरु सस्तो मूल्यमा आएको बताए ।

यतिकेमले ठूलो परिमाणमा आयातको अनुमति पाउँदा स्पेशल मूल्य दिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *