वीरको आकस्मिक कक्षमा कार्यरत १६ चिकित्सकद्धारा सामुहिक राजिनामा

7.6k
Shares

काठमाडौँ, १९ कात्तिक ।  वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजिनामा दिएका छन् । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै चासो नदिएको भन्दै सामुहिक राजिनामा दिएको उनीहरुले बताएका छन् ।

उनीहरुले अस्पतालका निर्देशकलाई बुझाएको राजिनामा पत्रमा, महामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’ धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले डाक्टरहरुको मागका विषयमा छलफल चलिरहेको बताए । उनले राजिनामा दिएका डाक्टरहरुसंग समेत बसेर निकास निकाल्न खोजिएको बताए ।

सरकारले वीर अस्पताललाई अहिले कोभिड -१९ को सेवा दिने अस्पतालको रुपमा सञ्चालन गरेको छ । वीरको कतिपय पुरानो सेवा अहिले ट्रमा सैन्टरबाट सञ्चालन भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *