
काठमाडौँ, १९ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्थायी कोभिड अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गुल्मी दरबार गाउँपालिका– ४ निवासी ८५ वर्षीय बृद्धको बुधबार आज बिहान साढे सात बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो र श्वासप्रश्वासको समस्या भई कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए। उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।