लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

136
Shares


काठमाडौँ, १९ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्थायी कोभिड अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गुल्मी दरबार गाउँपालिका– ४ निवासी ८५ वर्षीय बृद्धको बुधबार आज बिहान साढे सात बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी ज्वरो र श्वासप्रश्वासको समस्या भई कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए। उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *