काठमाडौँ उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण


काठमाडौँ, १८ कात्तिक । काठमाडौँ उपत्यकामा मंगलवार १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो चौविस घण्टाको प्रेस नोटमा उपत्यकाको तीन जिल्लामा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण थपिएको बताएको छ । त्यसमा काठमाडौँमा १ हजार २ सय ४२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १ सय ६३जना रहेका छन् ।

उपत्यकामा आज थपिएको संक्रमण संख्या देशभर आज थपिएको कुल संक्रमण संख्याको ४७ प्रतिशत हो । आज देशभर ३ हजार ११४ जना संक्रमित थपिएका छन् ।

देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *