विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस सेल्फ क्वारेन्टिनमा

632
Shares

जेनेभा, १७ कात्तिक ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस् सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसंग सम्पर्कमा रहेका एक जना व्यक्तिमा कोरोना सक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

महानिर्देशक घेब्रेयससले सोमबार विहान ट्वीट गर्दै आफू कन्ट्याक्ट ट्रेसिङमा परेको र डव्लुएचओको प्रोटोकल अनुसार सेल्फ क्वारेन्टिनमा बसेको बताए ।

‘म ठिक छु, कुनै लक्षण छैन् तर डव्लुएचओको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको हुँ । र अहिले घरबाटै काम गरिहनेछु,’ ट्वीटमा उनले भनेका छन् ।

उनले आफू भाइरस संक्रमणको श्रृङखला तोडनका लागि पनि क्वारेन्टिनमा रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *