पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु


पोेखरा,  १४ कात्तिक । कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका–१५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो । उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमै बस्दै आएका थिए ।

त्यस्तै शुक्रबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड -१९ उपचार केन्द्रमा स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीय वृद्धको आई.सि.यु. मा उपचारका क्रममा मृत्यु भएको थियो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार दुई जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *