कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौँ, ६ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार २ सय १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २९० र भेन्टीलेटरमा ७७ जना उपचाररत छन् ।


Leave a Reply

Your email address will not be published.