भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एक महिलाको मृत्यु


भरतपुर, ६ कात्तिक । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला हुन् ।

भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *