भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एक महिलाको मृत्यु

212
Shares


भरतपुर, ६ कात्तिक । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला हुन् ।

भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *