पछिल्लो २४ घण्टामा देशभर थपिए ५७४३ जना संक्रमित, संक्रिय संक्रमितको संख्या ४४,४७६

काठमाडौँ, ५ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ७ सय ४३ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ५ हजार ७ सय ४३ जना संक्रमित थपिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजार ९ सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ६५ जना रहेका छन् । होम आइसोलेसनमा २९ हजार ८ सय रहेका छन् । संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २६९ र भेन्टीलेटरमा ८७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *