गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

22
Share


पोखरा, ३ कात्तिक । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी गैंडाकोट– १२ का ८५ वर्षीय पुरुष र पोखरा महानगरपालिका– ३ को ५६ वर्षीया महिला रहेको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

८५ वर्षीया पुरुषको असोज ३० गते साँझ ५ बजे मृत्यु भएको हो। उनको असोज २६ गते चितवन मेडिकल कलेजमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय नवलपरासीले जानकारी दिएको छ। उनी दम र निमोनियाका बिरामी समेत थिए।

त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको असोज ३० गते मृत्यु भएको हो। उनको श्वासप्रश्वास र उच्च रक्तचापको सम्बन्धी समस्या भएर मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *