कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

164
Shares

काठमाडौँ, १ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ८ सय जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *