पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु
मोरङ, ३० असोज । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।
यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई/दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]