नोबेल अस्पताल विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

मोरङ, २६ असोज । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



