कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

काठमाडौँ, २४ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जसमा १० जिल्लाका २ महिला र १२ जना पुरुष छन् ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार २ सय २९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

