दशैंबारे स्वास्थ्यले भन्यो, ‘यसपटक जो जहाँ छौँ, त्यहिँ बसौँ र दशै मनाऔँ’

952
Shares

काठमाडौं, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारणलाई यसपटकको दशैंमा गाँउ शहर आवतजावत नगर्न आग्रह गरेको छ । मन्त्रालयले दशैंमा आवत जावत गर्दा कोरोनाको संक्रमण थप फैलनसक्ने भन्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘यो महामारीका बेलामा गाँउ शहर आवतजावत नगरौँ । अहिले जो जहाँ छ, त्यहिँ बसौँ र दशैं मनाऔँ ।’

उनले यसपटक महामारीबाट जोगिएमा दशैं अर्को बर्ष पनि मनाउन सकिन्छ भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाँउबाट अर्को ठाँउमा नजान आग्रह गरिएको बताए । ‘आजको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले गरेको आग्रह हो । यसलाई आम नेपाली दाजुभाई दिदीवहिनीहरुले सकारात्मक रुपमा लिनुहुनेछ,’ उनले भने ।

यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिमाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने समेत निर्णय गरेको छ ।

यस्तै संक्रमणको खराव अवस्था आउनसक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *