कोरोना संक्रमित मृतकको शब जलाएर दाहसंस्कार

सर्लाही, १४ असोज । सर्लाहीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।

बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृत्यु भएको थियो । घरमै बिरामी परी आइतबार वीरगञ्ज लगिएका वृद्धको त्यसैदिन कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।

उनी मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी समेत थिए ।

मृतकको शव मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घाटमा जलाएर अन्त्येष्टि गरिएको हो ।

शव व्यवस्थापनमा सहभागी टोली सदरमुकाम मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा बेग्लै आइसोलेटेड भएर बस्ने रणशेर गणका प्रमुख सेनानी (कर्णेल) सुरज राउतले जानकारी दिए ।

जिल्लामा यसअघि कोरानाबाट मृत्यु भएका व्यक्तिको शव खाडल खनि गाडेर शव व्यवस्थापन गरिन्थ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *