स्वास्थ्य सामग्री नि:शुल्क वितरण गर्दै विश्व फर्मासिस्ट दिवस मनाइयो

काठमाडौँ, ९ असोज ।  आज २५ सेप्टेम्बर, विश्व फर्मासिस्ट दिवस । ‘ट्रान्सफर्मिङ ग्लोवल हेल्थ’ अर्थात ‘विश्वव्यापी स्वास्थ्यलाई रुपान्तरण गर्दै’ भन्ने मुल नाराका आज विश्वभर यो दिवस मनाइदै छ ।

कोभिड – १९ को विश्वव्यापी महामारीका कारण यसबर्ष ठूला औपचारिक समारोह कतै गरिएनन् तर सचेततापूर्वक सुरक्षित ढंगबाट दिवस मनाउने कार्य भने भएका छन् ।  विश्व नै कोभिड-  १९ को संक्रमणले आक्रान्त भएको समयमा फार्मासिस्टहरुको भूमिकालाई समेत प्राथमिकताका साथ लिने गरिएको छ ।

नेपालमा पनि फर्मासिस्टसंग सरोकार राख्ने विभिन्न संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

यसैबीच भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र फार्मेसी शाखाले विश्व फर्मासिस्ट दिवसको सन्दर्भमा पारेर अस्पताल परिसर आउने विरामी, तिनका आफन्त र आम सर्वसाधारणलाई निशुल्क मास्क, स्यानिटाइजर तथा सिटामोल औषधि वितरण गरेको छ ।

कोभिड – १९ को महामारी टरिनसकेको र यसबाट बच्नका लागि मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य आवश्यक भएको भन्दै जनचेतनाका लागि ती सामग्री वितरण गरिएको अस्पतालका फार्मेसी प्रमुख फर्मासिस्ट अनिष श्रेष्ठ बताउँछन् । उनले प्रत्यारोपण केन्द्रमा बिरामीको चाप दिनहुँ बढदै गएको र संक्रमणको जोखिम पनि उत्तिकै रहेको भन्दै मास्क स्यानिटाइजर तथा सिटामोलको सही र अनिवार्यलाई जोड दिनका लागि अभियान चालिएको बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक प्राडा प्रेमराज ज्ञवालीको समेत उपस्थिति थियो । उनले फर्मासिस्ट दिवसको सन्दर्भमा अस्पतालमा कार्यरत फर्मासिस्टहरुले उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

उनले कोभिड -१९ को संक्रमण तत्काल रोकिने छाँट नभएको भन्दै त्यसविरुद्ध सचेत र सुरक्षित रहनु अहिलेको आवश्यकता रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *