चारदिन देखि वेपत्ता सीअहेव नेपालको शव फेला

2.5k
Shares

बुटवल, ५ असोज । चार दिनदेखि बेपत्ता भएका मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब बिष्णुप्रसाद नेपालको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा ११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले पुष्टी गरे ।

रुपन्देही सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय सीअहेव नेपाल गत बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा हिडेको भएपनि घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

नेपालको श्रीमती र एक छोरा रहेका छन् । उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रूपन्देहीका उपाध्यक्ष समेत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *