नसुनिएको कथा, नपोखिएको ब्यथा !

– अनिष श्रेष्ठ
  • अनिष श्रेष्ठ

(दिनरात मेहनत गरेको सम्झन्छु,
साँच्चै टुप्पी कसेर पढेको सम्झन्छु ) – २
आउनुस् आज सुनाउछु, नसुनिएको कथा
पख्नुस् आज भन्छु, नपोखिएको ब्यथा ।

(डिक्सनरी जस्ता कितावहरु
हरेक पानामा औषधिका नामहरु) – २
रुघा लाग्दा यो दिने, टाउको दुख्दा त्यो दिने,
खोकी लाग्दा यो पिउने, घाउ हुँदा यो लाउने ।
आउनुस् आज सुनाउछु, नसुनिएको कथा
पख्नुस् आज भन्छु, नपोखिएको ब्यथा ।

(एक सेमेस्टर पचास परीक्षा) – २
अन्तमा फेरी लाइसेन्स परीक्षा
जागिरको लागि धाउँदा धाउँदै
नेताजीको पछि लाग्दा लाग्दै
अंक र प्रतिशत थन्काएर राखौँ
आउनुस् आज सुनाउछु, नसुनिएको कथा
पख्नुस् आज भन्छु, नपोखिएको ब्यथा ।

बिरामी जाँच्दा डाक्टर कुटिन्छन्
औषधि दिँदा फर्मासिष्ट लखेटिन्छन् ।
नर्सिङ सेवा लिईरहँदा, अस्पतालले सेवा दिईरहँदा
सुरक्षाको त कुरै छोडौँ हजुर
आउनुस् आज सुनाउछु, नसुनिएको कथा
पख्नुस् आज भन्छु, नपोखिएको व्यथा

(२४ घण्टे सेवामा खटिईरहँदा, कोभिड – १९ को जोखिम बढिरहँदा) – २
कहिले घरमै घेरिन्छन्, कहिले चोकमा छेकिन्छन् ।
सत्ता केन्द्रित मेरो देशमा
भत्ताको त कुरै छोडौँ हजुर
आउनुस् आज सुनाउछु, नसुनिएको कथा
पख्नुस् आज भन्छु, नपोखिएको व्यथा ।

# श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फार्मेसी प्रमुखको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *