पछिल्लो चौबिस घण्टमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो


काठमाडौँ, २९साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा  थप ४ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमका अनुसार धनुषाका ८५ वर्षकी वृद्धाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, महोत्तरी मटियानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पताल, मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पताल र अछामका १८  वर्षीय एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको हो ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *