वीरगञ्जमा मृत्यु भएकी १८ वर्षीया महिलामा कोरोना संक्रमण
काठमाडौँ, २१ साउन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाँदै गर्दा गत सोमबार मृत्यु भएकी १८ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मृत्युपछि झिकिएको स्वाबबाट गरिएको परीक्षणको मंगलबार राती आएको नतिजामा कोरोना भाइरस पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।
मृत्यु भएकी महिला पोखरिया ९ पर्सा निवासी हुन् । उनलाई पखला र बान्ता हुने समस्या भएपछि आफन्तहरुले सोमबार मेडिकल कलेज लैजाँदै थिए । यद्धपी उनको बाटोमै मृत्यु भएको बताइएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणसहित मृत्यु हुनेको संख्या ५९ पुगेको छ । संक्रमितको संख्या २१ हजार नाघेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



