वीरगञ्जमा मृत्यु भएकी १८ वर्षीया महिलामा कोरोना संक्रमण

काठमाडौँ, २१ साउन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाँदै गर्दा गत सोमबार मृत्यु भएकी १८ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मृत्युपछि झिकिएको स्वाबबाट गरिएको परीक्षणको मंगलबार राती आएको नतिजामा कोरोना भाइरस पोजेटिभ देखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।

मृत्यु भएकी महिला पोखरिया ९ पर्सा निवासी हुन् । उनलाई पखला र बान्ता हुने समस्या भएपछि आफन्तहरुले सोमबार मेडिकल कलेज लैजाँदै थिए । यद्धपी उनको बाटोमै मृत्यु भएको बताइएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमणसहित मृत्यु हुनेको संख्या ५९ पुगेको छ । संक्रमितको संख्या २१ हजार नाघेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *