स्वस्थ रहने मन्त्र

12
Shares
राधा भट्टराई

शरीरमा रोग छिर्नै नदिनलाई हामी
बढाउँदै लानु पर्छ अब राम्रा बानी !!

पोषिला ती खानेकुरा खानुपर्छ सधै
हरिया, सागापात फलफूल तथा गेडागुडी सबै !!

…………………………………………..

समयमा सुत्ने गरौँ समयमै उठ्ने
उमेर हेरी ७ /८ घण्टा मस्त निदाउँने !!

चिन्तन गर्नु पर्छ हामी चिन्ता गर्नु हुन्न
व्यस्त रहे मस्त रहे कुनै रोगले छुन्न !!

…………………………………………….

विषादि नछर्केका ताजा फलफूल खाउँ
दुध दहि सेवन गरी शरीर स्वस्थ बनाउँ !!

शारीरिक व्यायम गरौँ योग अनि ध्यान
मन स्वस्थ हुन्छ यसले अनि स्वस्थ ज्यान !!

………………………………………………….

कमजोर शरीर भए रोगले आक्रमण गर्छ
त्यसैले रोग प्रतिरोधात्मक क्षमता बढाउनै पर्छ !!

शरीर कस्तो बनाउने आजै गरौँ बिचार
स्वस्थ हुने एउटै मन्त्र सहि आहार बिहार !!

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *