चौविस घण्टामा देशभर थपिए ३१५ जना कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो

  • पछिल्लो २४ घण्टामा थप ९३ जना डिस्चार्ज, कुल संख्या १४ हजार ४९२
  • - नेपाली हेल्थ

    काठमाडौँ, १७ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३१५ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ९९३ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३१५ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।

    त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा ११ हजार ५३३ जना रहेका छन् ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

    थप समाचार


    Facebook Comment