सरकारी अस्पतालका प्रमुखहरुले निजीमा प्राक्टिस गर्न नपाइने, पूर्व स्वीकृति लिएकाको खारेज
काठमाडौँ, १२ साउन । सरकारी अस्पतालका प्रमुखहरुले अब देखि निजी अस्पतालमा प्राक्टिस गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०७७ /७८ को बार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई टेकेर यो व्यवस्था लागू गरेको हो ।
अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका कतिपय चिकित्सकहरुले यसअघि पूर्व स्वीकृति लिएर निजीमा प्राक्टिस गर्दै आएका थिए । मन्त्रालयले सो पूर्व स्वीकृति समेत खारेज गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गत ९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै संघ अन्तरगर्तका सबै, प्रदेश अन्तरगर्तका सबै र स्थानीय तह सबैलाई सो अनुसार गर्न गराउन परिपत्र गराएका छन् ।
यस्तै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गरेका सरकारी चिकित्सकहरुले आफू कार्यरत सरकारी अस्पतालका नाम उल्लेख गर्न समेत नपाउने निर्णय भएको छ । अहिले धेरै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्ने चिकित्सकको नामसंगै सरकारी अस्पतालको नाम समेत उल्लेख गरिने गरिएको छ ।
यस्तै ९ साउनकै बैठकले सबै सरकारी अस्पताल र सरकारको अनुदान प्राप्त अन्यहरुले सरकारी कार्यक्रमहरु अनिवार्य रुपमा सञ्चालनमा ल्याउन पर्ने भएको छ । अहिले कतिपय सरकारी र अनुदान प्राप्त अस्पतालहरुले आमा सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अटेरी गर्दै आएका छन् ।
अस्पतालहरुलाई पठाएको परिपत्र यस्तो छ :
सम्पर्क इमेल : [email protected]