कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण

0
Shares


सुर्खेत, ७ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ जना बालबालिका समेत रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ ।

त्यसैगरी कर्णालीमा बुधबार मात्रै १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५४६ पुगेको छ । २ सय ३१ सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *