गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

0
Shares


मार्तडी, ७ साउन । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले जानकारी दिए। गर्भवती बुढाको अवस्था जटिल हुने अवस्था पुगेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *