गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ साउन । गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो । जसमा ३ जिल्ला म्याग्दी, स्याङ्जा र वागलुङका गरी ९ जना पुरुष रहेका छन् ।
संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २० रहेको छ ।
हालसम्म गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



