बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधि सहित ४६ जनामा कोरोना संक्रमण

0
Shares


काठमाडौँ, ५ साउन । बाराको देवताल गाउँपालिकामा वडाध्यक्ष सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कर्मचारीहरु समेत रहेको बताइएको छ ।

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन् । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। संक्रमित हुनेहरुमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका  ३ जना र अन्य ६ जना गरी ४६ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

संक्रमण देखिएसंगै देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्को सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *